आज पुनः पाँच सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

१४ कार्तिक २०८०, मंगलवार ११:००

काठमाडौं । सोमबार प्रतितोला पाँच सयले घटेको सुनको भाउ आज मंगलबार पुनः पाँच सयले घटेको छ । शनिबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाउदै प्रतितोला १ लाख १७ हजारमा कायम भएको सुन आइतबार पनि सोही मूल्यमा कारोबारमा आएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १६ हजार र तेजावी सुन प्रतितोला १ लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भईरहको छ । सोमबार छापावाला सुन प्रतितोला १ लाख १६ हजार ५०० र तेजावी सुन प्रतितोला १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज मंगलबार चाँदीको मूल्यमा भने प्रतितोला १० रुपैयाँले बढेर १ हजार ४२० रुपैयाँमा कारोबार भईरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*