गुटेरेसले संसदमा विशेष सम्बोधन गर्दै

१४ कार्तिक २०८०, मंगलवार १२:०४

काठमाडौं । नेपाल भ्रमणमा रहेका राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार (आज) संघीय संसदमा विशेष सम्बोधन गर्ने भएका छन् । जसका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्दैछ । बैठक अपरान्ह ४ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्न कार्यसूची छ ।

सभामुखको अध्यक्षतामा संयुक्त बैठक सञ्चालन हुने बताइएको छ । बैठक प्रारम्भ भएलगत्तै संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले सम्बोधन गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

चार दिने नेपाल भ्रमणमा आएका गुटेरेसले पहिलो पटक नेपालको संसदमा सम्बोधन गर्न लागेका हुन् । आइतबार बिहान काठमाडौँ आइपुगेका गुटेरेस बुधबार बिहान १०ः१५ बजे फर्किदैछन् ।

सन् २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरेपछि अहिलेसम्म कुनै पनि विदेशी कुटनीतिज्ञले नेपालको संसदमा सम्बोधन गरेका छैनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*