गुहेश्वरी एमबी एण्ड फाइनान्सले खुलायो रोजगारको अवसर

१४ कार्तिक २०८०, मंगलवार १३:४९

काठमाडौं । गुहेश्वरी मर्चेन्ट एण्ड बैंकिङ फाइनान्स लिमिटेडले केही संख्यामा कर्मचारी माग गरेको छ ।

कम्पनीले असिस्टेन्ट म्यानेजर (हेड अफ डिर्पाटमेन्ट), ब्रान्च मेनेजर (अफिसर लेभल), म्यानेजमेन्ट ट्रेनि र असिस्टेन्ट टे«निमा आवेदन खुलाएको हो । असिस्टेन्ट म्यानेजरमा आवेदन दिनका लागि सम्बन्धित विषयबाट मास्टर डिग्री गरेको र बैंक तथा वित्तीय क्षेत्रमा ५ वर्षको अनुभव भएको र उमेरको हकमा ४५ वर्ष नकटेको हुनुपर्नेछ ।

त्यस्तै, ब्रान्च मेनेजर र म्यानेजमेन्ट ट्रेनिका लागि सम्बन्धित विषयबाट ब्याचलर डिग्री गरेको र ४० वर्ष उमेर नकटेको हुनुपर्नेछ भने असिस्टेन्ट टे«निमा प्लस टु उत्तीर्ण गरेका र ३५ वर्ष उमेर नकटेकाले आवेदन दिन सक्नेछन ।

योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजातसहित १५ दिनभित्र कम्पनीको वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*