सन् २०२३ मा शेयर बजार कस्तो रह्यो ?

१६ पुष २०८०, सोमबार ०७:२७

काठमाडौं । सन् २०२३ सेयर बजारका लगानीकर्ताहरुले अन्त्य तिर आएर केही सुधार पाएका छन् ।नेप्से परिसूचक अधिकांश समय वियरिस चक्रमा घुम्यो, फलस्वरुपः लगानीकर्ताहरुले धेरै रकम गुमाउनुपर्यो । वर्षभरि बजार समग्रमा घट्दोक्रममै रह्यो ।तर वर्षको अन्त्यतिर आइपुग्दा भने केही आशाका किरणहरु देखिन थालेका छन् ।

नीतिगत सुधार, वित्तीय प्रणालीमा सहज तरलता अनि ब्याजदर घट्न थालेकाले वर्षान्तको अन्त्यतिर आइपुग्दा आशा गर्न सकिने अवस्थामा भने आएको छ ।यसअघि २०२२ को अन्तिम दिन नेप्से परिसूचक २०२९।०३ विन्दुमा रोकिएको थियो।

सन् २०२३ को अन्तिम कारोबारको दिन ९डिसेम्बर २८० मा नेप्से परिसूचक २०६८।९० विन्दुमा आएर अडिएको छ । यसले २०२३ अन्तिमतिर आउँदा सामान्य अंकले माथि गएको देखिन्छ । हालैका दिनहरुमा सुधार भएकाले मात्र २०२३ को सूचक सामान्य माथि देखिएको हो ।

केही समयअघिसम्म मात्र पनि सूचक १८ सयकै तलमा थियो । तथापि, यो वर्ष नीतिगत कुराहरुमा भने केही सुधार भयो । यही वर्ष नयाँ ब्रोकरहरुले लाइसेन्स पाए । अहिले उनीहरुले धमाधम सेयर कारोबार गर्दै आएका छन् ।

त्यस्तै, आइपीओ भर्दा लाग्ने सी आस्वा शुल्क गत वर्षदेखि नै ५ रुपैयाँ कायम भएको छ । यो पनि सेयर बजारको लागि सकारात्मक पाटो हो । सर्वोत्तम सिमेन्टको आइपीओ प्रक्रिया अघि बढ्यो । यसले अगामी दिनमा बुक बिल्डिङ विधिबाट आइपीओ ल्याउन सहज वातावरण बनेको छ ।

नेपालका लागि बुक बिल्डिङ नयाँ प्राणाली हो । यसआधारमा यसलाई पनि बजार सुधार र प्रयोगका हिसाबले राम्रो मान्नुपर्छ । यसै वर्ष जलविद्युत् कम्पनीहरुको हकप्रद सेयर र आइपीओ निष्कासनका लागि मापदण्ड तयार भयो ।
यो पनि धितोपत्र बोर्डले यस वर्ष सेयर बजार सुधारका लागि गरेको सकारात्मक पहल हुन् । यसैगरी, यसै वर्ष कमोडिटी एक्सचेन्ज र नयाँ स्टक एक्सचेन्ज लाइसेन्सका लागि पक्रिया अघि बढ्यो । तर विभिन्न कारणले गर्दा यसले पूर्णता भने पाएको छैन ।

त्यस्तै, ब्रोकर कमिसन घटाउने निर्णय पनि बोर्डले गरेको छ । तथापि, अर्थ मन्त्रालयबाट अनुमति नपाएकाले कार्यान्वयनमा भने आएको छैन ।एसएमई प्लेटफर्म सञ्चालन गर्न कार्यविधि बन्यो । यी सरकारात्मक कदमहरु यसै वर्ष अघि बढेका हुन् ।

यी कामहरुले पूर्णता पाएमा आगामी वर्ष सेयर बजारमा थप सुधार देखिने अपेक्षा गर्न सकिन्छ ।त्यस्तै, केन्द्रीय बैंकले चालु वर्षको मौद्रिक नीति र प्रथम त्रैमासिक समीक्षामार्फत सेयर बजारमा केही लचिलो नीति लिएको छ ।
सेयर बजारमा ५० लाखभन्दा बढीको कर्जाको जोखिमभार घटाएर १२५ प्रतिशतमा झारिएको छ । यसअघि यस्तो कर्जामा १५० प्रतिशत जोखिमभार थियो । यस्तै, सेयर बजारमा ५० लाखभन्दा कमको कर्जामा यसअघि नै जोखिमभार १०० प्रतिशत कायम गरिसकेको अवस्था छ ।साथै, ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाउने नीति पनि केन्द्रीय बैंकले यसै वर्ष लिएको छ ।

फलस्वरुपः कर्जाको ब्याजदर घट्दै गएको छ । यसले आगामी दिनमा सेयर बजार बढ्ने टेवा पुर्याउने जनाकारहरुको विश्लेषण रहेको छ । सन् २०२४ सेयर बजारका लागि निकै उत्साहप्रद हुने लगानीकर्ताको अपेक्षासन् २०२३ सेयर बजारका लगानीकर्ताका लागि खासै राम्रो भएन । लगानीकर्ताले धेरै नै निरासा व्यहोर्नुपर्यो । सन् २०२४ भने उत्साहजनक हुने अपेक्षा लगानीकर्ताको रहेको छ ।

पछिल्लो समय अर्थतन्त्रका सूचकहरु सबल बन्दै गएको अनि ब्याजदर घट्दो क्रममा रहेकाले आगामी वर्ष पुँजी बजार उत्साहजनक हुने सेयर बजारका अग्रज लगानीकर्ता छोटेलाल रौनियार बताउँछन् ।कर्जा प्रवाह हुन नसक्दा बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलताको अवस्था छ उनले भने, ‘आगामी दिनमा ब्याजदर अझै घट्छ । यो सँगै सेयर बजार सकारात्मक बाटोमा अघि बढ्ने छ ।’

पछिल्लो समय केन्द्रीय बैंकले केही लचक नीति लिएका त्यसको सकारात्मक प्रभाव सेयर बजारमा परेको छ । उनले पछिल्लो समय ५–७ अर्बको सेयर कारोबार भएको छ । यो सकारात्मक संकेत हो । उनले साढे २ वर्षसम्म बजार घट्दो क्रममा रहेकाले पनि अब बढ्ने बताए । पछिल्लो समय लगानीकर्ताको मनोबल बढेको रौनियारको भनाइ छ । ब्याजदर घट्दोक्रममा रहेको, तरलता बढेको अनि नीतिगत सुधार हुनु नै सेयर बजार माथि जाने मुख्य आधार हुन् । यस्तै, बजारले लामो समयको बियरिस चक्र पूरा गरिसकेको छ । यी कारणले बजारमा क्रमशः सकारात्मक माहोल आउने रौनियारको भनाइ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*