बीमा अभिकर्ता संघ नेपाल लाइफको अध्यक्षमा गणेश अधिकारी निर्वाचित, ३२ सदस्यीय नयाँ कार्य समिति गठन

२१ पुष २०८०, शनिबार २२:२५

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालको नेपाल लाइफ बीमक समितिको आज सम्पन्न भएको विशेष अधिवेशनले गणेश अधिकारीको अध्यक्षतामा ३२ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रुपले चयन गरेको छ ।

राष्ट्रिय सभागृह काठमाडौंमा आज आह्वान गरिएको विशेष अधिवेशनको उद्घाटन सत्र कानुन मन्त्री धनराज गुरुङले आजै गरेका थिए ।

कार्य समितिका बरिष्ठ उपाध्यक्षमा बद्रिनाथ ढकाल निर्वाचित भएका छन् भन् अन्य उपाध्यक्षहरुमा ओम प्रसाद ओली, किशोर राउत कमकर, रामचन्द्र बन्जाडे, रामशरण पोखरेल, रेशम सिंह ठकुरी, जुहारी चौलागाई र देवी प्रसाद जैसी रहेका छन् ।

त्यस्तै संघको सचिवमा तेजमणि शर्मा निर्वाचित भएका छन् भने सह सचिवमा यदुनन्द भण्डारी, सोमनाथ लुइटेल र महिला सह सचिवमा गीता कार्की काफ्ले निर्वाचित भएकी छिन् । त्यस्तै, कोषाध्यक्ष बिमला ढकाल आम्गाई निर्वाचित हुँदा सह कोषाअध्यक्षमा लिला अधिकारी निर्वाचित भएकी छिन् । निर्वाचित अन्य सदस्यहरुमा नरेन्द्र कुमार संग्रौला, सन्तोष शर्मा, राम बहादुर ओली, दामोदर सापकोटा, जानकी बोहरा बिष्ट, नरेन्द्र प्रसाद जोशी, राज कुमार शर्मा, कमल प्रसाद सुवेदी, कृष्ण बहादुर रिमाल, शान्ता पाण्डे, सरोज शिवाकोटी, मोहन सुन्दास, महानन्द सिटौला, गोबिन्द प्रसाद भट्टराई, अनिता राई, झविन्द्र भट्टराई र तारा दाहाल अधिकारी रहेका छन् ।

आज सम्पन्न निर्वाचनले अन्य १७ जना कार्य समिति सदस्य निर्वाचित गरेको छ । यसैबीच, निर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यहरुले आजै नेपाल बीमा प्राधिकरणका सञ्चालक कपिल ओलीबाट शपथ लिएका छन् । शपथग्रहणसँगै बीमा अभिकर्ताको हित र पेशागत मर्यादा कायम गर्दै अघि बढ्ने अध्यक्ष गणेश अधिकारीले प्रतिबद्धता जनाएका छन् ।

 

पूर्ण कार्य समिति
अध्यक्षः गणेश अधिकारी
बरिष्ठ उपाध्यक्षः बद्रिनाथ ढकाल
उपाध्यक्षहरुः ओम प्रसाद ओली,
किशोर राउत कमकर,
रामचन्द्र बन्जाडे,
रामशरण पोखरेल,
रेशम सिंह ठकुरी,
जुहारी चौलागाई
देवी प्रसाद जैसी
सचिवः तेजमणि शर्मा
सह सचिवः यदुनन्द भण्डारी,
सोमनाथ लुइटेल
म. सह सचिवः गीता कार्की काफ्ले
कोषाध्यक्षः बिमला ढकाल आम्गाई
सह कोषाअध्यक्षः लिला अधिकारी
निर्वाचित कार्य समितिका सदस्यहरुः
१)नरेन्द्र कुमार संग्रौला,
२)सन्तोष शर्मा,
३)राम बहादुर ओली,
४)दामोदर सापकोटा,
५)जानकी बोहरा बिष्ट,
६)नरेन्द्र प्रसाद जोशी,
७) राज कुमार शर्मा,
८) कमल प्रसाद सुवेदी,
९) कृष्ण बहादुर रिमाल,
१०) शान्ता पाण्डे,
११) सरोज शिवाकोटी,
१२) मोहन सुन्दास,
१३) महानन्द सिटौला,
१४) गोबिन्द प्रसाद भट्टराई,
१५) अनिता राई,
१६) झविन्द्र भट्टराई
१७)तारा दाहाल अधिकारी

 

 

 

 

 

 

 

One thought on “बीमा अभिकर्ता संघ नेपाल लाइफको अध्यक्षमा गणेश अधिकारी निर्वाचित, ३२ सदस्यीय नयाँ कार्य समिति गठन

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*