बीमा अभिकर्ता संघ नेपाल लाइफको कार्य समितिलाई अदालतबाट बैधानिकता प्रदान, अभिकर्ता उत्साहित

८ जेष्ठ २०८१, मंगलवार १०:५९

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालको नेपाल लाइफ बीमक समितिलाई अदालतले आधिकारिता प्रदान गरेको छ । नेपाल लाइफ बिमक समितिको पौष २१ र २२ गतेको रास्ट्रीय सभाबाट निर्बाचित गणेश अधिकारीको नेतृत्वमा बनेको बिमक समितिलाई उच्च अदालत पाटनले सोमबार बैधानिकता प्रदान गरेको हो ।

उच्च अदालत पाटनका न्यायाधिशद्वय सुदर्शनराज पाण्डे र विदुर कोइरालाको संयुक्त इजलाशले रिट निवेदन सम्बन्धमा फैसला गर्दै रिट खारेज गरी दिएको हो ।

नेपाल लाइफको कार्य समितिका बरिष्ठ उपाध्यक्षमा बद्रिनाथ ढकाल निर्वाचित भएका छन् भने अन्य उपाध्यक्षहरुमा ओम प्रसाद ओली, किशोर राउत कमकर, रामचन्द्र बन्जाडे, रामशरण पोखरेल, रेशम सिंह ठकुरी, जुहारी चौलागाई र देवी प्रसाद जैसी रहेका छन् ।

त्यस्तै संघको सचिवमा तेजमणि शर्मा निर्वाचित भएका छन् भने सह सचिवमा यदुनन्द भण्डारी, सोमनाथ लुइटेल र महिला सह सचिवमा गीता कार्की काफ्ले निर्वाचित भएकी छिन् । त्यस्तै, कोषाध्यक्ष बिमला ढकाल आम्गाई निर्वाचित हुँदा सह कोषाअध्यक्षमा लिला अधिकारी निर्वाचित भएकी छिन् ।

निर्वाचित अन्य सदस्यहरुमा नरेन्द्र कुमार संग्रौला, सन्तोष शर्मा, राम बहादुर ओली, दामोदर सापकोटा, जानकी बोहरा बिष्ट, नरेन्द्र प्रसाद जोशी, राज कुमार शर्मा, कमल प्रसाद सुवेदी, कृष्ण बहादुर रिमाल, शान्ता पाण्डे, सरोज शिवाकोटी, मोहन सुन्दास, महानन्द सिटौला, गोबिन्द प्रसाद भट्टराई, अनिता राई, झविन्द्र भट्टराई र तारा दाहाल अधिकारी रहेका छन् ।

अध्यक्ष गणेश अधिकारीले आफुहरुले सधै अभिकर्ताको हकहितमा काम गर्दै आएको र सत्यको जित भएको बताएका छन् ।

बीमा अभिकर्ता संघ नेपाल लाइफको अध्यक्षमा गणेश अधिकारी निर्वाचित, ३२ सदस्यीय नयाँ कार्य समिति गठन

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*