माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

५ चैत्र २०८०, सोमबार १०:३८

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई कपिलवस्तुबाट पक्राउ गरेको हो ।

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।

उनलाई अहिले काठमाडौँ ल्याइदैछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*