महरापछि पक्राउ पर्ने पालो क-कस्को ?

५ चैत्र २०८०, सोमबार ११:५५

काठमाडौँ । नेकपा माओवादीका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरालाई सोमबार पक्राउ गरेको छ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।

प्रहरीले महरालाई आज कपिलवस्तुबाट नियन्त्रणमा लिएको छ । सोहि प्रकरणसँग सम्बन्धी केही उच्च राजनीतिक दलका नेता समेत पक्राउ गर्न प्रहरीले गृह मन्त्रालयको निर्देशन पाइसकेको छ । गृहमन्त्रालयको निर्देशन बमोजिम आजै केहि राजनीतिक दलका नेता पक्राउका लागि प्रहरीले अप्रेसन चालि रहेको छ ।

नेपाली काँग्रेसका नेतृ आरजु राणा र मञ्जु खाण पक्राउ गर्न प्रहरीको तयारी रहेको छ । आरजु काँग्रेस सभापति शेर बहादुर देउवा पत्नी र खाड नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणकी पत्ति हुन् । आरजु पक्राउ गर्ने डरले भागेर दिल्ली पुगेकी छिन । आरजु स्थिति सामान्य नभएसम्म स्वदेश फर्कने सम्भावना न्यून छ । देउवा दिल्ली हुँदै अमेरिका जान लागेको बताइएको छ। काँग्रेस केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यसमेत रहेकी राणा शुक्रवार साँझ एयर भिस्ताराको उडान मार्फत नयाँ दिल्ली प्रस्थान गरेकी हुन् ।

यता, खाण नेपाल मै भए आजै पक्राउ गर्ने स्रोतले बताएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणको नाम समेत जोडिएको छ । गृहमन्त्री रवि लामिछानेले सुन काण्ड पुनः छानबिन सुरु गरेसँगै सोसँग सम्बन्धी व्यक्ति पक्राउ पर्ने डरले भागी रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*