एक वर्षमा सीजी इम्पेक्सको ब्यापार १७ प्रतिशतले घट्यो

५ चैत्र २०८०, सोमबार १२:५६

काठमाडौँ । पछिल्लो समय सीजी इम्पेक्स प्राइभेट लिमिटेडको ब्यापार खस्कि रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडका अनुसार  सन्  २०२२ को तुलनामा सन् २०२३ मा कम्पनीको ब्यापार १७.०६ प्रतिशतले घटेको हो ।

सन् २०२२ मा ७ अर्ब ८६ करोड ६० लाख रुपैयाँको ब्यापार गरेको सीजीले सन् २०२३ मा ६ अर्ब ५२ करोड ४० लाख रुपैयाँ मात्र ब्यापार गरेको हो । सन् २०२१ मा ६ अर्ब ४४ करोड, सन् २०२० मा ४ अर्ब २० करोड र सन् २०१९ मा ४ अर्ब ४५ करोड रुपैयाँ व्यापार गरेको इक्रा नेपाल लिमिटेडले जनाएको छ ।

सीजी इम्पेक्स सीजी ब्रान्डको विद्युतीय घरायसी सामग्रीको बिक्री वितरण गर्ने स्वदेशी डिलर पनि हो । कम्पनीले एलजी र सीजी ब्रान्डसँगै ब्ल्याक एण्ड डेकर, क्रोम्प्टोम र पिजनजस्ता घरयसी सामग्री बिक्री वितरण गर्दै आएको छ । सीजीआइमा ८५ प्रतिशत सेयर हिस्सा निर्वाण चौधरी र बाँकी १५ प्रतिशत सेयर वरुण चौधरीको रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*