आर्थिक मन्दिले लगानीबाट प्रतिफल प्राप्त हुने विश्वास गुम्यो, नेपालीको भान्साले आजको अर्थतन्त्रलाई प्रष्ट पार्छ: चौधरी 

५ चैत्र २०८०, सोमबार १७:३५

काठमाडौँ । सांसद विनोद चौधरीले आर्थिक मन्दि र निराशले लगानीबाट प्रतिफल प्राप्त हुने विश्वास गुमेको बताएका छन् । सोमबार प्रतिनिधि सभामा बोल्दै चौधरीले देश अझै आर्थिक मन्दिमा गुज्रिदा लगानीकर्ता लगानी गर्ने डराइ रहेको बताएका हुन् ।

चौधरीले तीन दशक अघिको आर्थिक सुधारले देश आजसमेत चलाइ बताएका छन् । ‘नीति तथा कार्यक्रम समेत तीन दशक अघि कै जस्तै छन् । देशमा आर्थिक हिसाबमा अघि बढ्न सकेन । युवाले बिदेसिने कुराले आर्थिक मन्दी कायम छ भन्ने कुरा प्रष्ट हुन्छु उनले भने, – ‘बैङ्क ब्याजदर घटे पनि कर्जा प्रवाहमा अवरोध सिर्जना भएको छ । आर्थिक मन्दि र निराशले लगानीबाट प्रतिफल प्राप्त हुने विश्वास घटेको छ । निर्यात आयात भन्दा १३ गुणा बढी छ । उत्पादन मूलक क्षेत्रको हिस्सा ५ प्रतिशत मात्र हुनु दुखद हो ।’

अर्थतन्त्रलाई सुधारको तर्फका लैजानका लागि विकासको अवधारणमा समेत प्रष्ट नभएको चौधरीको भनाइ रहेको थियो । हाम्रा खराब नीति कारण अर्थतन्त्रले सुधार यात्रा तय गर्ने नसकेको चौधरीले बताए । चौधरीले भने, ‘तत्कालका लागि जनतालाई आसवादी बनाएर आर्थिक रूपमा विकास आवश्यक छ । आयोजना कार्यान्वयनमा तीव्र गतिमा अघि बढाउनु जरुरी छ ।  सरकारले पुँजीगत खर्च बढाउनु पर्नेछ । विकास प्रयोजनका समय मै कार्यान्वयन नगर्नेलाई कारबाही गर्नेछ । आयोजना भित्र राजनीति गर्नेलाई कारबाही आवश्यक छ ।’

देशको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ठुलो रहेको बताउँदै चौधरीले लगानीकर्ताको मनोबल उच्च बनाउन सरकारले भूमिका खेल्नु पर्ने बताए । ‘निजी क्षेत्रले लगानी नगरे रोजगारी सिर्जना हुँदैन । रोजगारी नभए माग पुरा गर्ने सकिँदैन । सो कारण अर्थतन्त्रमा ८० प्रतिशत भन्दा ठुलो योगदान दिने निजी क्षेत्रको मनोबल उच्च बनाउनु आवश्यक छ । ठुलो लगानीका उद्योगलाई सरकारले जोड दिनुपर्छु चौधरीले भने।

सर्वसाधारणले मूल्य वृद्धिले मार परेको चौधरीले बताए । उनले भने, ‘नेपाली जनता मूल्य वृद्धि समेत ठुलो मार परेको छ । नेपालीको भान्सामा आजको अर्थतन्त्रलाई प्रष्ट पार्छ । ३६ प्रतिशत माग घटेको छ । ‘

अब देशको अर्थतन्त्र सुधारका लागि सम्भावनाका क्षेत्रहरू पहिचान गर्ने तिर सरकार अघि बढ्नु पर्ने चौधरीले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*