मलेसियाले एक सय नेपाली पुरुष कामदारलाई निःशुल्क लैजाने, यसरी दिनुहोस् आवेदन

६ चैत्र २०८०, मंगलवार ११:५३

काठमाडौं । मलेसियाले १०० जना नेपाली पुरुष कामदारलाई निःशुल्क लैजाने भएको छ । मलेसियाको जोहोरस्थित एलवाई फर्निचर एसडिएन.बिएचडी. कम्पनीमा फ्याक्ट्री वर्करको रुपमा काम गर्न नेपाली पुरुष कामदार लैजान लागिएको हो ।

यसका लागि न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनुपर्नेछ । कामदारले हप्तामा ६ दिन र दिनमा ८ घण्टा काम गर्नुपर्नेछ । करार अवधि दुई वर्ष रहेको छ भने मलेसिया सरकारको नियमानुसार कामदारले वार्षिक बिदा पाउनेछन् ।

कामदारलाई बस्ने सुविधा उपलब्ध गराइएको छ भने खानाको प्रबन्ध आफैले गर्नुपर्नेछ । कामदारले ४२ हजार १८० नेपाली रुपैयाँ मासिक तलब पाउनेछन् ।

इच्छुक व्यक्तिले आवश्यक कागजातसहित क्याराभान इम्प्लोइमेन्ट सर्भिसेज प्रा.लि. बसुन्धारा, काठमाडौंमा सम्पर्क गर्न सक्नेछन् । प्रि अन्तरवार्ता मेनपावर कार्यालय परिसरमा चलिरहेको छ भने फाइनल अन्तरवार्ता चैत्र १३ गते हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*