प्रधानमन्त्री प्रचण्डलाई आफ्नै सांसदको प्रश्न, ‘हुम्लाको विकास कहिले हुन्छ ?’

६ चैत्र २०८०, मंगलवार १४:०२

काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई आफ्नै सांसद छिरिङ डम्डुल लामा (भोटे) ले हुम्लाको विकास कहिले हुन्छ भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभामा सांसदले प्रश्न उत्तरमा बोल्दै सांसद लामाले प्रधानमन्त्रीलाई हुम्लाको विकासको बारे प्रश्न गरेका हुन् ।

२१औं शाताब्दीसम्म हुम्लालाई राष्ट्रिय सडक सञ्जाल र राष्ट्रिय प्रशारण लाईनमा नजोडिनु बिडम्बना कुरा भएको लामाले बताए । उनले भने, ‘राष्ट्रिय सडक सञ्जाल र राष्ट्रिय प्रशारण लाईनमा हुम्लालाई कहिले जोडिन्छ ? कर्णाली कोरिडोर अन्तर्गत खोलालु सलीसल्लाको ४ अर्ब ५३ करोड बहुवर्षिय ठेगालाई सहमति दिन्छ कि दिदैं ? मृत्यु मार्गमा परिचित कर्णाली कोरिडोरलाई जीवन मार्गमा कहिले बदलिन्छ ?’

साथै लामाले दुर्गम ठाउँलाई समान बजेट जान्छ कि जाँदैन ? हुम्लालाई शिक्षा स्वास्थ सडक केन्द्र सरकारसँग कहिलेसम्म जोड्ने भनेर प्रश्न गरेका हुन् ।

सांसदको प्रश्नको उत्तर दिदै प्रधानमन्त्री प्रचण्डले हुम्ला जिल्लाको सिमिकोटलाई चालु आर्थिक वर्ष भित्रै राष्ट्रिय सडक सञ्जालसँग जोड्ने गरी नेपाली सेना र सडक विभाग अन्तर्गत काम भइरहेको बताए । कर्णाली कोरिडोर र कर्णाली राजमार्जसमेत सडकको अवस्था सुधार गर्ने आवश्यक बजेटको ब्यवस्था गरेको प्रधानमन्त्री प्रचण्डले बताए ।

‘कर्णाली कोरिडोर तर्फ सिमकोट र पिलिकोटमा दुई वटा योजना कार्यालय स्थापना गरी काम अघि बढी रहेको छ । कर्णाली राजमार्ज तर्फ सडक डिभिजन सुर्खत र जुम्लाबाट काम भइरहेको छ । आगमी बजेटमा पनि मुख्य प्राथमिकतामा राख्नेछ’ प्रधानमन्त्री प्रचण्डले भने, ‘कर्णाली प्रदेशका हुम्ला, जुम्ला, मुुगु जिल्लामा विद्युतिकरण विकासका लागि गत आर्थिक वर्षमा ठेक्का ब्यवस्था भएको छ । सबै क्षेत्रमा विद्युत निर्माण गर्ने ठेक्का सम्झौता भएको हो ।’

पूर्वाधार क्षेत्रमा पछि परेका कर्णालीका जिल्लालाई सरकारले उच्च प्राथमिकतामा राख्ने प्रधानमन्त्री प्रचण्डले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*