सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सहकार्यमा बीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

६ चैत्र २०८०, मंगलवार १७:५९

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सहकार्य रत्ननगर उद्योग वाणिज्य संघले बीमा सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।कम्पनीको सहयोगमा आयोजना गरिएको कार्यक्रममा बीमाको जोखिमबाट बच्ने उपाय, भुक्तानी लिने प्रक्रियाका बारेमा सहजीकरण गरिएको थियो ।

संघका अध्यक्ष शंकर गिरीले व्यवसायीले बीमाको सुरूवाती चरणदेखि अन्तिमसम्मको प्रक्रियामा भोग्दै आएको समस्या निराकरणका लागि कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा कम्पनीका नारायणगढ शाखाका प्रमुख शंकर अधिकारीले सहजीकरण गरेका थिए ।

संघका अध्यक्ष गिरीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठसहित संघका पदाधिकारी, कार्यसमिति सदस्य र विभिन्न वस्तुगत समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

संघका उपाध्यक्ष शिवराज मैनालीले धन्यवाद मन्तव्य राखेको कार्यक्रम महासचिव उपेन्द्र शर्मा आचार्यले सञ्चालन गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*