राष्ट्र बैंकले १ अर्ब ९१ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने

६ चैत्र २०८०, मंगलवार १८:२५

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब ९१ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले मंगलबार सुचना जारी गर्दै क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले मद्धती निक्षेपमा लगानी गर्न लागेको हो ।

केन्द्रिय बैंकले वर्गको वाणिज्य बैंकहरुमा १ अर्ब ५२ करोड ८९ लाख, ख वर्गका विकास बैंकहरुमा २८ करोड ६६ लाख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा ९ करोड ५५ लाख रुपैयाँ लगानी गर्ने जनाएको छ ।

निक्षेप लिन चाहाने इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकमको लिनका लागि प्रस्ताव गरेको व्याजदर समेत खुलाई चैत ८ गते जानकारी गराउन भनेको छ ।

Lagani-notice-2080.12.06

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*