स्वास्थ्य बीमालाई प्रभावकारी ढंगबाट अघि बढाउन अर्थमन्त्रीको जोड

७ चैत्र २०८०, बुधबार १६:३९

काठमाडौं । देशका सम्पूर्ण गाँउपालिका र नगरपालिकाहरुमा स्वास्थ्य सेवालाई सुलभ र सरल रुपमा प्रदान गर्नको लागि स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने अर्थमन्त्री बर्षमान पुनले बताएका छन् । बुधबार संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८१।८२ को विनियोजन विधेयकमा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।

‘निर्माणाधिन राष्ट्रिय आयोजनालाई विशेष प्राथमिकता प्रदान गर्ने र नयाँ आयोजनालाई वजेटको आधारमा सुरुवात गर्न सरकार प्रतिवद्ध रहेको छ।’ उनले भने । साथै उनले दुग्ध किसानको समस्या सामाधान गर्नको लागी बजेटको पनि व्यवस्था गरिसकेको र आउदा दिनमा यस्ता समस्या भोग्नु नपर्ने समेत बताएका छन् ।

‘आगामी आवको बजेट गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षाको व्यवस्थाद्वारा सामाजिक न्याय कायम गर्ने र प्रमुख रणनीतिक महत्वको आधारभूत सेवा प्रदान गर्ने क्षेत्रमा राज्यको भूमिका बढाउनेतर्फ लक्षित हुनेछ’, उनले भने, ‘स्रोत साधनको दक्षतापूर्ण प्रयोग, उत्पादन तथा रोजगारी वृद्धिमा निजी क्षेत्र र सहकारीको क्षमताको पूर्ण उपयोग गर्ने वातावरण निर्माण गरिनेछ । सामाजिक न्याय सहितको समृद्धिमा हाम्रो जोड रहने भएकाले बजेटमा सामाजिक न्यायको पाटो उपेक्षामा पर्दैन ।’

 

.

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*