सुनको मूल्य हालसम्मकै उच्च, एक तोला किन्न एक लाख २७ हजार ८०० रुपैयाँ चाहिने

८ चैत्र २०८०, बिहीबार १०:४२

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुन हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।

बिहिबार मात्र सुनको मूल्य तोलामा दुई हजार ६०० रुपैयाँले बढेको हो । आज छापावाला सुनको मूल्य एक लाख २७ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ५५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*