चालु आर्थिक वर्षको राजस्व दोब्बर बनाउन मातहतका निकायलाई अर्थमन्त्री पुनको निर्देशन

८ चैत्र २०८०, बिहीबार १७:१७

काठमाडौं । अर्थमन्त्री वर्षामान पुनले मातहतका निकायलाई चालु आर्थिक वर्षको राजस्व दोब्बर बनाउन निर्देशन दिएका छन् । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बोल्दै उनले यस्तो बताएका हुन् ।

अर्थमन्त्री पुनले राजस्व वृद्धिका लागि भन्सारको चुहावट रोक्ने कार्ययोजना बनाएको बताए । उनले भने, चालु आर्थिक वर्षमा राजस्व दोब्बर बनाउनु पर्छ । राजस्व वृद्धिका लागि भन्सार चुहावट रोक्नु आवश्यक छ । यसका लागि कार्ययोजना तयार पारेका छौं ।

अब अर्को महिनादेखि भन्सारमा सुधार भएको महशुस हुने अर्थमन्त्री महतको दाबी थियो । आन्तरिक राजस्व संकलनमा पनि सुधार र परिवर्तन ल्याउने प्रतिबद्धता जनाए । ४० प्रतिशतभन्दा बढी राजस्व वृद्धिको लक्ष्य भए पनि ९ प्रतिशतको हाराहारीमा मात्रै वृद्धि देखिएको उनले बताए ।

अर्थमन्त्री पुनले नेपालमा भारतले झैँ कृषिलाई संरक्षण गर्न नसकिएको बताउँदै हेरक वर्ष ६० अर्ब बराबरको मल किसानलाई अनुदान दिनुलाई सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिएको बुझ्नुपर्ने बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*