१३ बर्षदेखि कमला पुलमा ठेकेदार र बीमा कम्पनीबीच विवाद, प्राधिकरणमा उजुरी, ठेकेदार अदालत जाँदै

रिना खत्री
१२ चैत्र २०८०, सोमबार १०:१८

काठमाडौं । १३ बर्षदेखि कमला पुल निमार्णमा लुम्बिनी बिल्डर्सल र बीमा कम्पनी नेको इन्स्योरेन्सबीचको विवाद तत्काल हल नहुने भएको छ ।बीमा कम्पनीसँगको झगडाको कारण रोकिएको सो पुलको निर्माण समयमा नहुँदा स्थानीयबासीले अझै कैयौं वर्ष पुलका लागि पर्खनुपर्ने भएको छ ।

त्रुटिपूर्ण डिजाइन र गुणस्तरहीन कामका कारण भासिएको यो पुलको पुनर्निर्माण गर्नुअघि नेको इन्स्योरेन्सले बीमाको रकम भुक्तानी गर्नुपर्ने शर्त ठेकेदार कम्पनी लुम्बिनी बिल्र्डर्सले राखेको छ ।‘बनाएको कामको सरकार पनि पैसा नदिने, भत्किएको र बिग्रेको कामको बीमा कम्पनी पैसा नदिने, हामीले कसरी पुल निर्माण गर्ने ?’ लुम्बिनी बिल्र्डर्सका बिष्णु शर्माले बीमापोष्टसँग दुखेसो पोखे ।

बीमा कम्पनीले भने गलत नियतका साथ ठेकेदार कम्पनीले बीमा गराएर पैसा असुल्ने नियतसाथ काम गरेको आरोप लगाएको छ ।अन्योलको यो पुलको जोखिम बीमा कम्पनीमाथि पर्ने प्रवित्ति बोकेर बीमा गर्दै कमला पुलको निर्माण कम्पनी पक्षले यो विवाद उत्पन्न गर्दै आएको बीमा प्राधिकरणकै पनि बुझाई छ ।

उता, पीडित ठेकेदार कम्पनीले भने बीमा कम्पनीले भने पुल भासिएपछि बीमा शुल्क फिर्ता गरेर गम्भिर अपराध गरेको दावी गरेको छ । बीमा आउन सक्ने जोखिम तथा भवितव्यको विकल्प हो ।

तर कमलापुलको सन्दर्भमा त निमार्ण पक्षले जानी जानी पुल निमार्ण बनाउने समय, बीमाको अवधिलाई नै केन्द्रित गरेर काम गरेर विवाद उत्पन्न गराँउदा यस्को सास्ती स्थानीयले भोग्नुपरेको छ ।

लुम्बिनी बिल्डर्स र पप्पु कन्स्ट्रक्सन जेभीमा निर्माण भएको पुलको बीमा दावी रकम १० करोड रुपैयाँ रहेको छ । सुरुमा बीमा गर्दा नै क्षति भएको जति बीमा नगरिएको सो पुलमा पछि बीमा कम्पनीले नै बीमा शुल्क फिर्ता गरेर बीमाको सिद्धान्त विपरित चलेको आरोप ठेकेदार पक्षको छ ।

ठेकेदार पक्षले पटक-पटक बीमा कम्पनी परिवर्तन गर्ने झमेला गर्ने कमला पुल निमार्ण पक्षको नियमित काम नै हुने गरेको बीमाकर्मी एवं कम्पनीका अन्डराईटरहरुको धारणा रहेको छ ।

लुम्बिनी बिल्डर्सले कमसल मूल्यका सामग्री राखेर पुल बनाएको र पुल भत्किसकेपछि बीमा नविकरण नगराएर बीमा कम्पनीसँग जबजस्ती बीमा रकम मागेको बीमा कम्पनीको भनाई छ । यद्यपि सो सम्बन्धमा नेको इन्स्योरेन्स कम्पनीले केही बताउन चाहेको छैन ।

तर, उता, आफूले नियमित बीमा गराइरहेको र बीमा शुल्क फिर्ता गरेर जोखिमबाट भाग्ने खोज्दा समेत बीमा प्राधिकरणले न्याय नदिएको आरोप लगाएको छ । बीमा प्राधिकरणबाट न्याय नपाए उच्च अदालत नै जाने लुम्बिनी बिल्डर्सको धारणा रहेको छ ।

निर्माण कम्पनीले यो सबै क्षतिबापत बीमा कम्पनीबाट कम्तिमा पनि १३ करोड रुपैयाँ क्षतिपूर्ति रकम आउनुपर्ने दाबी गरेको छ । तर, नेको इन्स्योरेन्सले २ करोड रुपैयाँमात्र उपलब्ध गराउने भन्दै आएको छ । यी दुई निकाय लुम्बिनी र नेको इन्स्योरेन्सबीच कुरा नमिलेपछि यो विषय अहिले बीमा प्राधिकरणमा पुगेका छ ।

अहिलेसम्म प्राधिकरणले यसका बारेमा निर्णय गरेको छैन । २०७८ असार १७ मा निर्माणको अन्तिम चरणमा कमला नदीको पुलको एउटा स्पाम धसेको थियो । २०६८ सालमा ७० मिटर लम्बाई र ११ मिटर चौडाई कमला नदीको पुल बनाउने ठेक्का पप्पु कन्सट्रक्सनले पाएको थियो ।

यो निर्माण कम्पनीले अन्तिम काम गरिरहेको अवस्थामा गत बर्षको सामान्य वर्षामै पुल भासिएको थियो । लुम्बनी बिल्डर्स कम्पनीका इन्जिनियर सुर्यप्रकाश शर्माले २०७८ असारको पहिलो साता पुल निर्माणको ९९ प्रतिशत काम पुरा भइसकेको र अब फिनिसिङ गर्न मात्र बाँकी रहेको बताएपछि तत्कालीन संस्कृति, पर्यटन नागरिक तथा उड्डयन मन्त्री उमाशंकर अरगरियाले माला लगाएर धन्यवाद समेत दिएका थिए ।

यो धन्यवाद दिएको दुई सातापछि पुल भासिएको थियो । हुलाकी राजमार्ग अन्तर्गत सप्तरी र सिरहाको अधिकांश सडकमा कालोपत्र समेत भइसकेको छ । यो पुल नभासिएको भए आवतजावत गर्न एकदमै सजिलो हुने विश्वास यस क्षेत्रका बासिन्दाको थियो ।

२०६८ मंसिरमा कमला नदीमा पुल बनाउन शिलान्यास भएपछि स्थानीय पुल निर्माणमा समस्या हुँदै आएको जीर्ण पुलमा बीमाको समस्या बारम्बार नै आउने गरेको छ । यसअघि पप्पु कन्स्ट्रक्सनले पनि कमसल पुल निमार्ण गर्ने र बीमा कम्पनीलाई जिर्ण पुलको भार पार्ने गरेको थियो ।

विगत १३ बर्षदेखि बन्ने र भत्किने पुलको उपनामको कमला पुललाई चिन्ने गरिन्छ । यसको मारमा स्थानीयबासी पर्दै आएका छन् । यसअघि पप्पु कन्स्ट्रक्सनले पुलमा राजनीतिको आडमा छुटै छुट पाएको थियो ।

पुल बन्ने र भत्किने प्रकृयालाई स्थानीयहरुले नै दिक्क भएर विरोध गरेसँगै निमार्ण पक्षमध्ये पप्पु कन्स्ट्रक्सनलाई हटाएर लुम्बिनी बिल्डर्सलाई यो जिम्मेवारी दिएको थियो ।

४ सय ७० मिटर लामो र ११ मिटर चौडाइको यो पुल साढे तीन वर्षभित्रै निर्माण गरिसक्ने गरी २४ करोड ९१ लाखमा ठेक्का लागेको थियो । पुल निमार्ण ठोक्का लिएको यो पुलले पप्पु क्न्स्टक्सन र लुम्बिनी कन्स्ट्रक्सनको संयुक्त रुपमा निमार्ण ठोक्का पाएको यो पुल अहिलेसम्म निर्माण सम्पन्न भएको छैन ।

६८ सालमै शिलयान्स भई काम थालिएका यी पुल पप्पुले ८ वर्षमा पनि पुरा गर्न सकेन । २४ करोड ९१ लाख रुपैयाँमा लागतमा कमला नदीको पुल निर्माण गर्न सरकार र पप्पु लुम्बिनी जेभी कन्स्ट्रक्सनबीच ३१ जेठ ०६८ सालमा सम्झौता भएको थियो । दुई पटक म्याद थप्दा पनि पुल निर्माण हुन नसकेको हो ।धनुषा–सिरहाको सीमा छुट्याउने कमला नदी तर्न स्थानीय लाइन लाग्ने गरेको छ ।

कमला पुल बीमाको क्षतिपूर्तिको कारण समयमा निमार्ण हुन नसकेको कारण पुल निर्माण समयमा हुन नसकेको लुम्बिनी बिल्डर्सका बिष्णु शर्मा बताँउछन् । हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषालाई जोड्ने यो पुल अहिले लुम्बिनी बिल्डर्सले बनाइरहेको छ ।

पुलको बीमा नेको इन्स्योरेन्समा गरिएको थियो । करिब २२ करोड लागतको पुलको बीमा लागतको १५ प्रतिशत मूल्य वृद्धिबापत बढाएर २५ करोड ३० लाख बराबरको गरिएको हो ।
पुलको भौतिक निर्माण कार्य लगभग सम्पन्न भइसकेको अवस्थामा २०७८ असारमा आएको बाढीले पुलमा ठूलो क्षति पुयाएको थियो । अहिले लुम्बिनी बिल्डर्स र नेको इन्स्योरेन्सबीच देखिएको विवाद यही क्षतिको क्षतिपूर्तिमा हो ।

नेको इन्स्योरेन्स कम्पनीले हाल कन्स्ट्रक्सन कम्पनी बीमा प्राधिकरणमा पुगेको कारण बोल्न नमिल्ने बताउँछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*