चरा आतंकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ठप्प
काठमाडौं । चरा आतंकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थमा उडान तथा अवतरण ठप्प भएको छ । आइतबार विहान साढे ६ बजेट पोखराबाट काठमाडौैंका लागि बुद्ध एयरको एउटा उडान भएको छ भने बाँकी कुनै पनि उडान हुन नसकेको काठमाडौं विमानस्थलको आन्तरिक टर्मिनल विभागले जानकारी दिएको छ ।
विमानस्थल कार्यालयका अनुसार चरा आतंकका कारण एउटा उडान काठमाडौंबाट जान सकेको छैन । यो आइतबार काठमाडौैंबाट पोखराको लागि १४० वटा उडान रहेको छ । यसमध्ये जम्मा १ मात्रै उडान भएको छ भने १३९ वटा उडान अझै हुन बाँकी रहेको पनि विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
पोखरा विमानस्थलबाट काठमाडौं बाहेक भैरहवा र विराटनगर पनि उडान हुन्छ । यो संख्या पोखराबाट हुने उडान र पोखरामा अवतरण हुनेसहितको उडान संख्या हो ।
मौसम सफा भएका कारण उडान अवतरणमा अन्य अवरोध नभएको अवस्थामा चराको भीडबाट बढेको र झुण्ड झुण्डमा चरा आइरहेकोले नयाँ बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार उडान नै हुन सकेको छैन ।
चरा अधिक आएका कारण र धानवमार्गमा अवरोध गरिरहेको कारण एउटा जहाजले एक घण्टा आकासमा फन्को लगाउँदा पनि अवतरण गर्न नपाएपछि काठमाडौं नै फर्किएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।