सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले जित्यो ‘बेष्ट म्यानेज्ड नन लाइफ इन्स्योरेन्स’ अवार्ड

१२ चैत्र २०८०, सोमबार ११:०८

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले बेष्ट म्यानेज्ड नन लाइफ इन्स्योरेन्स २०२४ अवार्ड जितेको छ । न्यू बिजनेश एज प्रालिले काठमाडौंमा शुक्रबार गरेको न्यूबिज बिजनेस कन्क्लेभ एण्ड अवार्ड –२०२४ अन्तर्गत नन लाइफ इन्स्योरेन्सहरुमध्ये सिद्धार्थ इन्स्योरेन्स उत्कृष्ट हुँदै अवार्ड जितेको हो ।

उक्त अवार्ड कम्पनीका मार्केटिङ हेड रामजी ढकालले ग्रहण गरेका हुन् । कम्पनीले बीमित तथा आम नागरिकलाई प्रवाह गरेको सेवालाई मध्ये नजर गर्दै आयोजकले सिद्धार्थ प्रिमियर इन्स्यारेन्सलाई अवार्डबाट सम्मानित गरेको हो ।

कम्पनीका मार्केटिङ हेड रामजी ढकालले अवार्ड जितेकोमा खुशी व्यक्त गर्दै भने, ‘हाम्रो कम्पनीका वित्तीय सूचकहरु अन्य कम्पनीको तुलनामा राम्रो छन् । हामिले नयाँ व्यवसाय भन्दा पनि बीमितहरुलाई प्रदान गर्ने सेवा र बीमा दावी भुक्तानीलाई अति नै व्यवस्थित तरिकाले प्रवाह गरिरहेका छौं । जसका कारण अवार्ड प्रदायकले सही मुल्यांकन गर्नुभएकोमा धन्यवाद व्यक्त गर्दछु।’

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*