ग्राहकको घरदैलोमा पुग्दै सुबिसुको सेवा, एक वर्षमा गर्यो ३ अर्ब ४६ करोड व्यापार

१२ चैत्र २०८०, सोमबार ११:२५

काठमाडौँ । नेपालमा इन्टरनेट सेवा प्रदायक सुबिसु केबलनेटले विस्तार तिव्र रुपमा अघि बढी रहेको छ । नेपाली बजारमा करिब १० प्रतिशत बजार हिस्सा ओगटेको सुबिसु ग्राहकहरुको घरदैलोसम्म सेवा बिस्तार गर्ने ब्यस्त रहेको छ ।

रेटिङ एजेन्सि इक्रा नेपालका अनुसार कम्पनीले सन् २०२३ मा ३ अर्ब ४६ करोड ४० लाख रुपैयाँ ब्यापार गरेको हो । जुन गत आर्थिक वर्षको भन्दा ८.१४ प्रतिशतले घटेको हो । सन् २०२२ मा कम्पनीले ३ अर्ब ७७ करोड १० लाख रुपैयाँको ब्यापार भएको थियो । सन् २०२१ मा ३ अर्ब ५१ करोड रुपैयाँ बराबरको व्यापार गरेको छ ।

यस कम्पनीले ३ अर्ब ६२ करोड ८३ लाख रुपैयाँ बैंक कर्जाका लागि रेटिङ पुनः पुष्टि गराएको छ । नेपालको अग्रणी इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायकमध्ये एक रहेको कम्पनीले आफ्नो अमुल्य ग्राहकहरुलाई थप नबिन्तम सेवाहरु डिजिटल टिभि सेवा, इन्टरनेट टिभि ओटिटि सेवा र ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रदान गर्दै आएरहेको छ ।

कम्पनीले गुणस्तीय सेवालाई बिस्तारै गर्दै जाँदा ग्राहकहरुको संख्या समेत वृद्धि हुँदै गइरहेको छ । हालसम्म कम्पनीका नेपाली ग्राहक करिब ३ लाख नजिक रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*