नेपालको लेखा प्रणाली उत्कृष्ट छः विश्व बैंक

१२ चैत्र २०८०, सोमबार १९:०८

काठमाडौं ।  विश्व बैंकले नेपालको लेखा प्रणाली उत्कृष्ट रहेको बताएको छ ।

विश्व बैंककी उपाध्यक्ष एवम् फाइनान्स र अकाउन्ट हेर्ने निर्देशक पामेला ओ कोनेलले सोमबार अर्थमन्त्री वर्षमान पुनसँग भेट गर्दै नेपालको लेखा प्रणाली विश्वसनीय र व्यवस्थित रहेको बताइन् ।

मैले केही दिनअघि महालेखा परीक्षकको कार्यालय र कोष तथा लेखा नियन्त्रण कार्यालयको भ्रमण गरेकी थिएँ,’ उनले भनिन्, ‘नेपालको लेखा प्रणाली विश्वसनीय र उत्कृष्ट रहेको पाएँ ।’लेखा प्रणालीमा अपनाइएको पेपरलेस पद्धतिले सुशासनका लागि प्रभावकारी काम गर्ने उनको भनाइ थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*