डिशहोम फाईबरनेटको ‘क्याच द बिग अफर’ योजना

१३ चैत्र २०८०, मंगलवार ०८:५८

काठमाडौं । इन्टरनेट ल्यान्डस्केपलाई पुनः परिभाषित गर्ने साहसी कदममा डिशहोम फाईबरनेटले यसको ग्राउन्डब्रेकिंग ‘क्याच द बिग अफर’ सुरु गरेको छ। यस योजना अन्तर्गत ग्राहकहरूले अपत्यार लाग्दो मूल्यहरूमा उत्कृष्ट सेवासहित उच्च गतिको इन्टरनेटको आनन्द लिन सक्ने डिशहोमले दाबी गरेको छ ।

योजना अनुरुप अब १०० एमबीपीएस इन्टरनेट प्याकेज ग्राहकहरुले १२ महिनाका लागि ७ हजार ५२२ रुपैयाँमै प्राप्त गर्न सक्ने भएका छन् । जबकी २०० एमबीपीएस प्याकेजको मूल्य ७ हजार ७८८ रुपैयाँमा उही अवधिको लागि रहेको छ । अझ छिटो गतिको इन्टरनेट लिन चाहनेले ९ हजार ९१२ रुपैयाँमा १२ महिना कै लागि ३०० एमबीपीएस प्याकेज रोज्न सक्नेछन् । साथै, डिशहोमले प्रत्येक प्याकेजको साथ निःशुल्क फाइभ–जी राउटर पनि प्रदान गर्दै आइरहेको बताएको छ ।

यो अफरको घोषणा नेपाल र आयरल्याण्ड वुल्भ्सबीचको उद्घाटन खेलसँगै कम्पनीले गरेको हो । डिशहोम फाइबरनेटले बजेट अनुकूल मूल्यहरूमा प्रिमियम गुणस्तरको इन्टरनेट सेवाहरूमा क्रान्तिकारी परिवर्तन गर्ने प्रतिबद्धता जनाउँदै आएको छ। डिशहोमको खेल परिवर्तन गर्ने प्याकेजहरू आएसँगै आईएसपि उद्योगमा मूल्य युद्धको युग समाप्त भएको संकेत देखिएको दाबी डिशहोमले गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*