छाँया सेन्टर र अलफ्ट होटल नभत्काउँदा ठमेलको ऐतिहासिक सिंह सार्थबाहु जात्रा रोकियो

१३ चैत्र २०८०, मंगलवार १८:२५

काठमाडौं । ऐतिकासिक सम्पदा हडपेर व्यापारिक भवन (छायाँदेवी कम्प्लेक्स)बनाइएपछि ठमेल भगवान बहालमा रहेको बाधीसत्व सिंह सार्थबाहुको जात्रा रोकिएको छ । जात्रा रोकिएको भन्दै गुठियार तथा स्थानीयले छायाँदेवी कम्प्लेक्सका संस्थापक बैंकर पृथ्वीबहादुर पाँडेको कटु आलोचना गरेका छन् । सिंह सार्थबाहुको स्थान विक्रमशील विहारसँग सम्बन्धित धार्मिक, सांस्कृतिक महत्वको जग्गामा गैरकानूनी रुपमा १५ तले व्यापारिक भवन ठड्याइएको विषयमा गुठियार तथा स्थानीयले विरोध जनाउदै आएका छन् ।

ऐतिहासिक सम्पदा मास्ने मुख्य पात्र नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर दिवंगत हिमालयशमशेर राणका ज्वाइँ समेत रहेका बैंकर (नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष)पृथ्वीबहादुर पाँडे रहेको स्थानीय राकेश मानन्धरले बताएका छन् ।

उनले आफ्नो फेसबुक अकाउण्टमा छायाँदेवी कम्प्लेक्स निर्माणपछि ऐनिहासिक जात्रा रोकिएको भनी उल्लेख गरेका छन् । उनले तारे (अलफ्ट) होटल समेत रहेको छायाँदेवी कम्प्लेक्स नभत्काएसम्म जात्रा चल्न नसक्ने बताएका छन् ।

पाँडे खलकले अनेक तिकडम गरेर सार्वजनिक जग्गा हत्याएको र व्यापारिक कम्प्लेक्स निर्माण गरेको कुरा अन्य जानकारहरुले समेत उल्लेख गरेका छन् । छायाँदेवी कै अर्का लगानीकर्ता सुमन विक्रम पाण्डेले आफ्नो ससुरा तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्की समेतबाट धम्की दिन लगाई कर्मचारीलाई डर, त्रास एवं लोभमा पारेर सार्वजनिक जग्गा राणाहरुसँग किनेको फर्जी कागजात बनाई हडपेको रहस्य समेत केही स्थानीयले खोलेका छन् ।

राणा र पाँडे परिवारको धम्की तथा प्रलोभनमा परी केही गुठियारले अदालतमा गरेको मिलापत्रले यो मुद्दालाई जटिल बनाएको तथ्य समेत फेला परेका छन् ।

सम्बन्धित समाचार

न्यायालयकै सेटिङमा ऐतिहासिक सम्पदामा भव्य व्यापारिक भवन, कहाँबाट सुरु होला छानविन ?

इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पाँडे जेल जाने, छायाँ सेन्टरको छानविन घेरामा अन्य को-को ? (सूचीसहित)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*