विजयश्री स्टीलको आम्दानी ३ अर्ब ५६ करोड, व्यापार २४ प्रतिशत घट्यो

१४ चैत्र २०८०, बुधबार १०:५८

काठमाडौँ । विजयश्री स्टील प्राइभेट लिमिटेडको ब्यापार निरन्तर ओरालो लागि रहेको छ । कम्पनीको ब्यापार सन् २०२३ मा ३ अर्ब ५६ करोड ४० लाख रुपैयाँमा सिमित भएको हो । यो सन् २०२२ को भन्दा २४.४५ प्रतिशतले कम हो । सन् २०२२ मा यस कम्पनीले ४ अर्ब ७१ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको रेटिङ एजेन्सी केयर रेटिङ नेपाल लिमिटेडले जनाएको छ ।

त्यस्तै, कम्पनीले सन् २०२१ मा ५ अर्ब ३४ करोड ९० लाख रुपैयाँको ब्यापार गरेको थियो । कम्पनीको ब्यापार निरन्तर खुम्चि रहेको छ ।

यस कम्पनीले १ अर्ब ९४ करोड ३७ लाख रुपैयाँ बैंक कर्जाका लागि रेटिङ पुनः पुष्टि गराएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*