निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय झिनो अंकले बढ्यो, सरकारीसहित पाँच कम्पनीको घट्दा अन्यको अवस्था कस्तो ? (सूचीसहित)

१४ चैत्र २०८०, बुधबार १५:१२

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको फागुन महिनासम्ममा २६ अर्ब १६ करोड ५० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । बीमा प्राधिकरणले प्रकाशित गरेको फागुन महिनासम्मको वित्तिय विवरण अनुसार अधिकांश कम्पनीहरुले गत आर्थिक बर्षको तुलनामा बीमा व्यवसाय बढेको देखिएको छ ।

निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन १ दशमलव १३ प्रतिशतले बृद्धि भएको छ । कम्पनीहरुले गत आर्थिक वर्षको फागुन महिनाको अवधिसम्ममा कुल १५ अर्ब ८७ करोड ३३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए ।

तथ्यांक अनुसार द ओरियन्टल, नेशनल, प्रभु लगायत शिखर इन्स्योरेन्सको व्यवसायमा बृद्धि भएको छ । यस अवधिमा ओरियन्टल इन्स्योरेन्सको व्यवसाय २६ दशमलव ९५ प्रतिशतले बृद्धि भई एक अर्ब १८ करोड रुपैयाँ पुगेको छ । साथै, नेशनल इन्स्योरेन्सको व्यवसाय १८ दशमलव ०८ प्रतिशतले बृद्धि भई ७६ करोड १३ लाख रुपैयाँ पुग्न सफल भएको छ ।

फागुन महिनासम्मको तुलनामा प्रभु इन्स्योरेन्सको बीमा शुल्क आर्जन १७ दशमलव ०९ प्रतिशतले बृद्धि भएको छ । कम्पनीको बीमा शुल्क आर्जन गत आर्थिक वर्षको फागुन महिनामा एक अर्ब २ करोड ६३ लाख रुपैयाँबाट बृद्धि भएर एक अर्ब २० करोड रुपैयाँ पुग्न सफल भएको छ ।

त्यस्तै, शिखर इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीको यस्तो आम्दानी ११ दशमलव १८ प्रतिशतले बढेर तीन अर्ब ७१ करोड रुपैयाँ पुगेको छ ।

यस अवधिमा सानिमा जिआईसीको १० दशमलव ३६ प्रतिशत, आइजिआई प्रुडेन्सियलको ९ दशमलव ३१ प्रतिशथ, हिमालयन एभरेष्टको ९ दशमलव २५ प्रतिशत, नेको इन्स्योरेन्सको ७ दशमलव १० प्रतिशत, एनएलजिको २ दशमलव १३ प्रतिशतले बीमा शूल्क आर्जन बृद्धि भएको छ ।

सरकारी लगानी रहेको राष्ट्रिय बीमा कम्पनीको व्यवसाय सबैभन्दा बढी ३० प्रतिशतले घटेको छ । साथै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको १४ प्रतिशत, युनाइटेड अजोडको १३ र सगरमाथा लुम्बिनीको १ दशमलव ९५ प्रतिशतले बीमा शुल्क आर्जन घटेको विवरणले देखाउन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*