दरबारमार्ग प्रहरी बृतअगाडि पार्किङबाट स्कुटी चोरी, प्रहरीमाथि नै प्रश्न खडा

१४ चैत्र २०८०, बुधबार १६:१२

काठमाडौं । काठमाडौंको दरबारमार्ग प्रहरी बृत अगाडि राखेको ग्रे रङको स्कुटी चोरी भएको छ । दरबारमार्गमा रहेको लेभिज स्वरुमअगाडीबाट निकेश महर्जनको बा ९१ प ७० नम्बरको स्कुटी चोरी भएको हो ।

स्वरुमको निजी परिसरमा पार्किङ गरेको अवस्थामा मंगलबार साझ ८ः१० बजे उक्त स्कुटी बिना हेल्मेट लगाएका एक युवकले चोरी गरेको हो । संकलित सिसिटिभि फुटेजका अनुसार ती युवकले योजनाबद्ध तरिकाले स्कुटी चोरी गर्दै प्रहरीलाई मात दिएको छ ।

देशको राजधानी जस्तो ठाँउ र त्यसैमा पनि प्रहरी कार्यालय अगाडीबाटै बिना हेल्मेट स्कुटी चोरी भएको कारण प्रहरी प्रशासनमाथि नै प्रश्न खडा भएको छ । सवारी धनी महर्जनले उक्त स्कुटी भेटाउने तथा कतै देखेमा पनि जानकारी गराउने मानिसलाई नगद पाँच हजार पुरस्कार दिने समेत घोषणा गरेका छन् ।

स्कुटी चोरी भएको स्थान महानगरीय प्रहरी वृत दरबारमार्ग प्रहरी अगाडी पर्दछ । यहाँ २४ घन्टा केही प्रहरी ड्युटीमा रहेका हुन्छन् । प्रहरीले स्कुटी चोरी भएको सवारी धनीले जानकारी गराएसी मात्र थाहा पाएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*