देउवा बालुवाटार छिरेकै भोलिपल्ट इलाम २ मा समेत उम्मेदवारी दिने माओवादीको निर्णय

१४ चैत्र २०८०, बुधबार १६:२१

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छिरेकै भोलिपल्ट सत्ताधारी माओवादी केन्द्रले इलाम २ मा समेत उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ । माओवादी केन्द्रको बुधबार विहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले इलाम क्षेत्र नम्बर २ मा समेत उम्मेदवारी दिने निर्णय गरेको हो । अघिल्लो दिन मंगलबार बेलुकी कांग्रेस सभापति शेरबहादुर देउवा बालुवाटार छिरेर प्रधानमन्त्री प्रचण्डसँग झण्डै २ घण्टा कुराकानी गरेको बताइएको छ ।

देउवा प्रचण्डबीचको भेटवार्ता कै भोलिपल्ट माओवादी केन्द्रले  इलाम २ मा समेत उम्मेदवारी दिने निर्णय गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । देउवा-प्रचण्ड भेट लगत्तै इलाम २ र बझाङ दुबै ठाउँमा उम्मेदवारी दिने निर्णय गरिनुले भारतीय चासो प्रष्ट्याएको छ भने वर्तमान सत्ता गठबन्धन फेरि भत्किने खतरा समेत उत्पन्न भएको अड्कल गर्न थालिएको छ ।

सत्ता साझेदार नेकपा एमालेले इलाम-२ मा दिवंगत नेता सुवासचन्द्र नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार चयन गरेको छ । माओवादीले सुहाङलाई नै सघाउने बताइरहेका बेला देउवासँगको भेटपछि प्रचण्डले पौडेललाई उम्मेदवार बनाउने निर्णय गर्नुलाई अर्थपूर्ण मानिएको हो । यस अघिको विवरण अद्यावधिक गरिएको ।- सम्पादक 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*