राष्ट्रिय बीमा कम्पनी र लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थानबीच सम्झौता

१४ चैत्र २०८०, बुधबार १६:४०

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी र लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थानबीच सम्झौता भएको छ । कम्पनीले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम बमोजिम मोतिबिन्दु भएका तर कमजोर आर्थिक अवस्था भएका मानिसहरुको निःशुल्क उपचारको लागि उक्त सम्झौता गरेको हो ।

कम्पनीले व्यवसायिक सामाजिक दायित्व अन्तर्गत उक्त मानिसहरुलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । सम्झौतापत्रमा अस्पातालका निर्देशक सह प्रा.डां कबिन्द्र बज्रचार्य र कम्पनीका बजार व्यवस्था विभाग प्रमुख तथा कम्पनीका व्यवस्थापक देवराज घिमिरेले एक कार्यक्रमकाबीच हस्ताक्षर गरेका हुन् ।

आर्थिक रुपमा गरिब तथा असहाय सर्वसाधारणको निशुल्क आँखाको उपचार गर्न सो सम्झौता भएको हो

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*