२५ प्रतिशत हकप्रद निष्कासन अनुमतिका लागि नेको इन्स्योरेन्सले दियो बोर्डमा आवेदन

१४ चैत्र २०८०, बुधबार १७:४३

काठमाडौं । नेको इन्स्योरेन्सले कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न चैत ६ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीको विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले ५० लाख ३० हजार ८०१.५५ कित्ता हकप्रद शेयर निष्कासन गर्न बोर्डमा आवेद दिएको हो । बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड पु¥याउन निर्देशन दिएसँगै कम्पनीले पूँजी वृद्धिका लागि हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*