पोखरी मासेर बनाइएको छाँया सेन्टरको छानविन रोक्ने भन्दै सुमन पाण्डेको चलखेल, भजाइदैछ गृहमन्त्रीकै नाम

१४ चैत्र २०८०, बुधबार २२:४३

काठमाडौं । ठमेलस्थित ऐतिहासिक कमल पोखरी कब्जा गरी सो पोखरीमाथि निर्माण भएको छाँया सेन्टर सम्बन्धी काण्डको छानविन अघि बढाउन काठमाडौं जिल्ला प्रशासन कार्यालयले चासो बढाएसँगै सो काण्डका मुख्य योजनाकार सुमन पाण्डेले गृहमन्त्रीको नाम भजाउँदै विभिन्न सम्पदाकर्मीहरुलाई धम्की दिन थालेका छन् । साथै पाण्डेले गृहमन्त्री रवि लामिछानेको नामै लिएर आफू स्वतन्त्र पार्टीको जिम्मेवार नेता भएकोले छानविन भएपनि कारवाही हुनबाट जोगाउने भन्दै हल्ला गर्न थालेका छन् ।

सुमन पाण्डे २०७९ सालमा सम्पन्न भएको आम निर्वाचनमा नुवाकोट क्षेत्र नं २ बाट प्रतिनिधि सभामा स्वतन्त्र पार्टीको तर्फबाट घण्टी चिन्ह लिएर उम्मेवारी दिएका थिए । स्वतन्त्र पार्टीमा उनले कसरी पहुँच स्थापित गरे ? त्यो खुल्न बाँकी छ । स्वतन्त्र पार्टीको तर्फबाट नुवाकोटमा उम्मेदवारी दिएका पाण्डेले १६ हजार मत ल्याएका थिए । पाण्डेको नाममा छायाँ सेन्टरमा दुई करोड रुपैयाँको शेयर रहेको छ ।

उनै स्वतन्त्र पार्टीका उम्मेदवार बनेका सुमन पाण्डे यतिबेला ठमेलस्थित छाँयासेन्टरमाथिको छानविन रोक्न भन्दै सेटिङ गर्ने कार्यमा दौडधुप गरिरहेका छन् । विश्वस्त स्रोतका अनुसार पाण्डेले छाँया सेन्टरका ४२ जना शेयरधनीहरुलाई आफूले उपप्रधानमन्त्री तथा गृहमन्त्रीलाई भनेर छानविन रोक्न प्रयास गरिरहेको भन्दै आश्वस्त पारिरहेका छन् । हिजो साँझ ठमेलस्थित छाँया सेन्टरमा केही शेयरधनीहरुसँगको बैठकमा पाण्डेले गृहमन्त्रीले आफूले पटक पटक सो विषयमा कुराकानी गरिसकेको छ । सर्वोच्चको आदेश बमोजिम दर्ता भएको जमिन किनेकोले कसैले पनि कारवाही गर्न नसक्ने भन्दै व्याख्या गरेको जनाइएको छ ।


छाँया सेन्टरको सुरुवातदेखि नै सेटिङमा लागेका सुमन पाण्डेले तत्कालिन समयमा तत्कालिन राजा ज्ञानेन्द्र शाहका ज्वाई राज बहादुर शाहसँगको सेटिङमा न्यायालयबाट मुद्दा जिताउने पक्षमा फैसला गराउन सफल भएका थिए । उनै पाण्डे यतिबेला खुलेआम गृहमन्त्री र स्वतन्त्र पार्टीको नाम बद्नाम गरेर ऐतिहासिक सम्पदा मिचेर बनाइएको छाया सेन्टरलाई छानविन हुनबाट जोगाउन लागि परेका छन् ।

उता, स्वतन्त्र पार्टीले अनुचित कार्य गर्ने जोसुकैको सदस्यता खारेज गर्ने निर्णय गत १७ मार्चमा बसेको पदाधिकारीको बैठकले गरेको छ । सो आधारमा सुमन पाण्डेको सदस्यता कुनै पनि बेला स्वतन्त्र पार्टीले खारेज गर्न सक्नेछ । पाँच बुँदे निर्णय अनुसार पाँचौं नम्वरको बुँदामा अनुचित कार्य गर्नेको सदस्यता तत्कालै खारेज गर्न सकिने उल्लेख छ ।

 

न्यायालयकै सेटिङमा ऐतिहासिक सम्पदामा भव्य व्यापारिक भवन, कहाँबाट सुरु होला छानविन ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*