एसईई परीक्षा आजदेखि, पाँच लाख बढी विद्यार्थीले परीक्षा दिँदै

१५ चैत्र २०८०, बिहीबार ०७:२५

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आज (चैत्र १५ गते) देखि सुरु हुँदैछ । २७ गतेसम्म संचालन हुने परीक्षामा आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।

परीक्षा नियन्त्रकका अनुसार परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका दुई लाख ५० हजार ७७२ छात्रा, दुई लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका १५ जना गरी कुल पाँच लाख चार हजार ४१४ विद्यार्थी सहभागी हुँदैछन् ।

त्यस्तै, जापानबाट २३ जना विद्यार्थीले परीक्षा दिने भएका छन् । जापानमा रहेको एभरेष्ट स्कूलमा एक परीक्षा केन्द्रबाट १५ छात्रा र ८ छात्रले परीक्षा दिँदैछन् । त्यस्तै, कुल परीक्षार्थीमध्ये ५०६ वटा विद्यालयका १५ हजार ७४९ जना विद्यार्थी प्राविधिक धारतर्फ रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*