सम्राट सिमेन्टले एक वर्षमा गर्यो ३ अर्ब ३७ करोडको व्यापार

१५ चैत्र २०८०, बिहीबार ०९:१७

काठमाडौँ । सम्राट सिमेन्ट कम्पनी प्राइभेट लिमिटेडले एक वर्षमा ३ अर्ब ३७ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा ३ अर्ब ३७ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको भन्दा ३०.७६ प्रतिशतले कम हो । सन् २०२२ मा कम्पनीले ४ अर्ब ८७ करोड ५० लाख रुपैयाँको आम्दानी गरेको रेटिङ एजेन्सी केयर रेटिङ नेपाल लिमिटेडले जनाएको छ ।

पछिल्लो समय आन्तरिक माग निरन्तर ओरालो लागि रहेको छ । विकास निर्माणका कामले गति नलिनु र आर्थिक मन्दिले सिमेन्टको माग घट्दो अवस्थामा रहेको छ । अधिकांश सिमेन्ट कम्पनीको ब्यापार खस्किदो अवस्थामा रहेको छ ।

कम्पनीले सन् २०२१ मा भने ३ अर्ब ७० करोड ४० लाख रुपैयाँको व्यापार गरेको देखिएको छ । यस कम्पनीले १२ अर्ब ४९ करोड ५७ लाख रुपैयाँ बैंक कर्जाका लागि रेटिङ पुष्टि गराएको छ । दीर्घकालिन १० अर्ब १४ करोड ४७ लाख रुपैयाँका लागि ‘केयर एनपी बीबी माइनस’ र अल्पकालिन २ अर्ब ३५ करोड रुपैयाँका लागि ‘केयर एनपी ए४’ रेटिङ पुनः पुष्टि गराएको हो ।

सम्राट सिमेन्ट कम्पनी प्राइभेट लिमिटेड नेपालको दाङ जिल्लामा क्लिंकर ग्राइन्डिङ प्लान्ट स्थापना गर्न सन् २०१३ मा स्थापना भएको हो। यो पूर्व–पश्चिम राजमार्गबाट करिब २ किलोमिटर टाढा दाङको लमहीमा अवस्थित छ । यसको मुख्यालय अमीर भवन, कमलादी, काठमाडौंमा अवस्थित छ।

कम्पनीले दाङ र रोल्पाका आफ्नै खानीमा प्रिमियम गुणस्तरको चुनढुङ्गा प्रयोग गरी साधारण पोर्टल्यान्ड सिमेन्ट (ओपीसी) र पोर्टल्याण्ड पोजोलाना सिमेन्ट (पीपीसी) उत्पादन गर्दै आएको छ ।

 

One thought on “सम्राट सिमेन्टले एक वर्षमा गर्यो ३ अर्ब ३७ करोडको व्यापार

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*