विदेशमा यार्चागुम्बा बेचेर नेपालीले कमाए ६२ करोड, कुन देशबाट कति ?

१५ चैत्र २०८०, बिहीबार ११:४८

काठमाडौँ । चालु आर्थिक वर्षको आठ महिनामा नेपालबाट ६२ करोडको बहुमूल्य जडीबुटीका रूपमा रहेको यार्चागुम्बा निर्यात भएको छ । भन्सार विभागका अनुसार फागुन मसान्तसम्ममा ६२ करोड ११ लाख ८४ हजार रुपैयाँको यार्चागुम्बा निर्यात भएको हो ।

गत वर्ष सो अवधिमा ३६ करोड ३४ लाख २ हजार रुपैयाँ बराबरको ५६४ केजी निर्यात भएको थियो । नेपालको हिमाली जिल्लामा उत्पादन हुने यार्चागुम्बा बहुमूल्य जडीबटीका रूपमा रहेको छ । नेपालमा उत्पादन भएको यार्चागुम्बा महँगो मूल्यमा विदेश निर्यात हुने गरेको छ ।

आन्तरिक बजारमा खपत न्यून भए पनि अधिकांश उत्पादित यार्चागुम्बा विदेशमै निर्यात हुने गरेको छ । यार्चागुम्बा औषधीका रूपमा प्रयोग गरिन्छ । चीन, अस्ट्रेलिया, इटाली, जर्मनी, फ्रान्स, कम्बोडिया, मलेसिया, मङ्गोलिया, सिङ्गापुर, अमेरिका, भियतनामलगायतका देशमा यार्चागुम्बा निर्यात हुने गरेको छ ।

नेपालका २५ जिल्लाका उच्च हिमाली क्षेत्रबाट यार्चागुम्बा सङ्कलन हुने गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*