देउवा फेरि किन छिरे बालुवाटार ?

१५ चैत्र २०८०, बिहीबार १६:०६

काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच फेरि भेटवार्ता भएको छ । मंगलबार बेलुकी २ घण्टा गोप्य भेटवार्ता गरेका प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच बिहीबार फेरि बालुवाटार मै भेटवार्ता भएको हो ।

दुई शीर्ष नेताबीच करिब एक घण्टा कुराकानी भएको बताइएको छ । भेटका क्रममा आसन्न उपनिर्वाचन र संसद नियमित गर्ने लगायतका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

गएको फागुन २१ गते कांग्रेस र माओवादी केन्द्रको गठबन्धन टुटेपछि प्रचण्ड र देउवा फेरि नजिकिएका हुन् । यी भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*