भारतबाट ५५४ मेगावाट बिजुली आयातका लागि सम्झौता

१५ चैत्र २०८०, बिहीबार १७:५२

काठमाडौँ । नेपालले भारतबाट पाँच सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता गरेको छ । नेपाल र भारतबीचको बिजुली आयात सम्झौता तीन महिनाका लागि नवीकरण भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

पाँच सय मेगावाट बिजुली ढल्केबर–मुजफ्फरपुर र ५४ मेगावाट बिजुली टनकपुरतर्फको प्रसारण लाइनमार्फत आयात गरिने छ । सुक्खायामका कारण बिजुली उत्पादन घटेकाले थप बिजुली आयात गर्न लागिएको हो ।

अहिले कुल तीन हजार मेगावाट बिजुली राष्ट्रिय ग्रिडमा जोडिए पनि मुस्किलले १२ सय मेगावाट बिजुली उत्पादन भइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*