सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

१६ चैत्र २०८०, शुक्रबार १०:४३

काठमाडौँ । नेपाली बजारमा सुन हालसम्मकै उच्च मूल्यमा पुगेको छ । शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो ।

आज मात्र सुनको मूल्य दुई हजार १०० रुपैयाँले बढेको छ । छापावाला सुनको मूल्य एक लाख ३० हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*