एक वर्षमा श्रीकृष्ण स्टीलको व्यापार ८६ करोड, गत वर्षको आंकडा भन्दा ३४ प्रतिशतले घट्यो

१६ चैत्र २०८०, शुक्रबार १०:५७

काठमाडौँ । श्रीकृष्ण स्टील इन्डस्ट्रिज प्राइभेट लिमिटेडको व्यापार ओरालो लागि रहेको छ । आन्तरिक माग बढ्न नसक्दा स्टीलको व्यापारमा सुधार आउन सकेको छैन ।

कम्पनीले सन् २०२३ मा ८६ करोड ३० लाख रुपैयाँको आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको भन्दा ३४.८६ प्रतिशतले कम हो । कम्पनीले सन् २०२२ मा १ अर्ब ३२ करोड ५० लाख रुपैयाँको व्यापार गरेको रेटिङ एजेन्सी केयर रेटिङ नेपालले जनाएको छ ।

सोहि कम्पनीले सन् २०२१ मा १ अर्ब ६१ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । पछिल्लो समय कम्पनीको व्यापार निरन्तर घटि रहेको देखिन्छ । यस कम्पनीले १ अर्ब ४१ करोड ४८ लाख रुपैयाँ बैंक कर्जाका लागि रेटिङ पुष्टि गराएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*