कृषिमा महिला नेतृत्व विकास मन्त्रालयको उच्च प्राथमिकतामा छः कृषिमन्त्री ज्वाला

१७ चैत्र २०८०, शनिबार १९:२८

कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वाला कुमारी शाहले कृषिमा महिला नेतृत्व विकास मन्त्रालयको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ।
शनिबार चितवनमा आयोजना गरिएको महिला नेतृत्व कृषि सम्मेलनमा उनले यस्तो बताउनु भएको हो । महिला दिदीबहिनीको नेतृत्व विकासको मूल उद्देश्य राखी आयोजना गरिएको कृषि सम्मेलनले नेपाली महिला दिदीबहिनीलाई कृषि काम गर्न उत्प्रेरित गर्ने भनाइ मन्त्री ज्वालको छ ।
नेपाल उद्योग परिसंघले विगतका वर्षहरूमा जस्तै महिलामैत्री कार्यक्रमलाई जोड दिँदै आएकोमा धन्यवाद समेत गर्नुभयो । “परिसंघले गत वर्ष काठमाण्डौमा अन्तर्राष्ट्रिय महिला नेतृत्व शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको कुरा ताजै छ। आगामी दिनहरूमा पनि महिला नेतृत्व विकास सम्बन्धी थप कार्यक्रमहरू सञ्चालनका लागि विशेष शुभकामना दिन चाहन्छु,” ज्वालाले भन्नुभयो ।
नेपालको कृषि क्षेत्रमा संलग्न कृषि श्रमिकमध्ये करिब दुई तिहाई महिलाको सहभागिता रहेको छ। एकातिर कृषि क्षेत्रलाई दिगो, सम्मानित, नाफामूलक, प्रतिस्पर्धी, व्यावसायिक बनाउने चुनौति रहेको रहेको भनाइ मन्त्री ज्वालाको छ। अर्कोतर्फ कृषि क्षेत्रमा सहभागी महिला दिदीबहिनीहरूको संबैधानिक तथा कानुनी हक अधिकारहरूको पूर्ण कार्यान्वयन गर्नुपर्नेमा उहाँको जोड छ।
कृषि क्षेत्रमा रहेका महिला दिदीबहिनीको आमसुरक्षा, मर्यादित एवम् सम्मानित कृषि उद्यमशीलताको प्रत्याभूति गर्न मन्त्रालय निरन्तर लागिरहने उनले प्रतिबद्धता व्यक्त गर्नुभयो । कृषि क्षेत्रको विकासमा लैङ्गिक उत्तरदायी बजेटको व्यवस्था गर्ने समेत उहाँको भनाइ छ ।
“हाल कृषि तथा पशुपन्छी विकास मन्त्रालय मार्फत् महिलामैत्री कृषि उपकरण उपलब्धताको सुनिश्चितता सँगै महिला दिदीबहिनीहरूले यसको समुचित प्रयोग गर्दै आउनु भएको कुरा जगजाहेरै छ,” मन्त्री ज्यवालाको भनाइ छ, “महिला दिदीबहिनीबाट सञ्चालित कृषि सहकारी, समूह तथा कृषि फर्महरूको विकासका लागी मन्त्रालयले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।”
परिसंघले उठाएको कृषिलाई उच्च प्राथमिकता दिनुपर्ने, स्वदेशी उत्पादन बढाउनुपर्ने, खपत बढाउनुपर्ने भन्ने विषयमा आफू पूर्ण सहमत रहेको ज्वालो जानकारी गराउनु भयो ।
कृषि क्षेत्रलाई सरकारले मात्रै होइन निजी क्षेत्रले पनि उत्तिकै महत्व दिन आवश्यक रहेको मन्त्री ज्वालको भनाइ छ। उहाँले भन्नुभयो, “समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्न नेपाल सरकारले आर्थिक समृद्धिको माध्यमबाट आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग गर्ने उद्देश्यले परिसंघले शुरू गरेको मेक इन नेपाल स्वदेशी अभियान महत्वपूर्ण छ।”
यो अभियान मार्फत् औद्योगिकीकरण, उत्पादन वृद्धि, स्वदेशी वस्तु तथा सेवाहरूको गुणस्तर वृद्धि तथा निर्यात प्रवर्द्धन गर्दै अर्थतन्त्रको सवलीकरणमा सहयोग पुग्ने विश्वास सरकारले लिएको भनाइ मन्त्री ज्वालाको छ। आत्मनिर्भर अर्थतन्त्र निर्माणको यो अभियानलाई सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सम्मेलन आइतवारसम्म चल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*