नागरिक लगानी कोषका अध्यक्ष प्रा. डा. थापा अर्थमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त

१८ चैत्र २०८०, आईतवार १०:०७

काठमाडौं । नागरिक लगानी कोषका अध्यक्ष प्रा.डा. सुर्यबहादुर थापा अर्थमन्त्री वर्षमान पुनको आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् । गुल्मी धुर्कोटका थापा त्रिभुवन विश्व विद्यालय शिक्षा शास्त्र संकाय अन्तर्गतको अर्थशास्त्र विभागका प्राध्यापक समेत हुन् ।

प्रा.डा. थापालाई सरकारले गत साउन २ गते तीन वर्षका लागि नागरिक लगानी कोषको अध्यक्षमा नियुक्त गरेका थियो । अब थापाको जिम्मेवारी अर्थतन्त्रलाई चलायनमान बनाउन अर्थमन्त्रीवर्षमान पुनलाई अनुसन्धान तथा नीतिगत सहयोग गर्ने जिम्मेवारी समेत थपिएको छ । प्रा.डा. थापा अर्थ राजनीतिमा अब्बल मानिन्छन् ।

थापालाई गत बिहिवारको मन्त्रिपरिषदको बैठकले अर्थमन्त्रीको सल्लाहकारमा नियुक्त गरेको हो । थापाले राज्यमन्त्री सरहको सुविधा पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*