महालेखा परीक्षकमा तोयम राया सिफारिस

१८ चैत्र २०८०, आईतवार १०:५९

काठमाडौँ । महालेखा परीक्षकमा तोयम राया सिफारिस भएका छन् । राष्ट्रिय तथ्यांक कार्यालयका सचिव राय सिफारिस भएका हुन् ।

संवैधानिक परिषद्को आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले रायलाई ६ वर्षे कार्यकालका लागि महालेखापरीक्षकमा नियुक्त गरेको हो । महालेखापरीक्षक एक वर्षदेखि रिक्त रहेको थियो ।

संविधानको धारा २४० अनुसार, महालेखापरीक्षकका लागि व्यवस्थापन, वाणिज्यशास्त्र वा लेखामा स्नातक गरी वा चार्टर्ड एकाउन्टेन्सी परीक्षा उत्तीर्ण गरी नेपाल सरकारको विशिष्ट श्रेणीको पदमा काम गरेका वा लेखा परीक्षणसम्बन्धी काममा कम्तीमा २० वर्षको अनुभव प्राप्त गरेको व्यक्ति हुनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*