बीमा प्राधिकरणका उप-निर्देशक धुव्र तिमिल्सिनालाई मातृशोक

१८ चैत्र २०८०, आईतवार १५:५७

काठमाडौं । नेपाल बीमा प्राधिकरणका उप( निर्देशक धुव्र तिमिल्सिनालाई मातृशोक परेको छ। उप(निर्देशक धुव्र तिमिल्सिनाकी आमा दिल कुमारी तिमिल्सिनाको ९१ बर्षको उमेरमा गत शुक्रबार निधन भएको हो ।

केही समयदेखि उपचाररत दिल कुमारी तिमिल्सिनाको गत चैत्र ३ गते शल्यक्रिया गरिएको थियो । सो पश्चात घरैमा स्वास्थ्य लाभ गरिरहनु भएको बेला शुक्रबार निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन् ।

पाँच छोरीसहित ९ सन्तानकी आमा दिल कुमारीका पतिको यसअघि नै निधन भइसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*