राजश्व अनुसन्धान विभागले पहिलो पटक खोतल्यो १० अर्बको कर छलीको काण्ड, कोटिभिटीविरुद्ध विशेष अदालतमा मुद्दा

१८ चैत्र २०८०, आईतवार १७:२२

काठमाडौँ । प्रधानमन्त्री मतहतमा रहेको राजस्व अनुसन्धान विभाग (डीआरआई)  ले इतिहासमै पहिलो पटक १० अर्ब रुपैयाँको घोटाला खोतल्यको छ । कर छली गरेको आरोपमा पुर्ण रुपमा विदेशी लगानी भएको कम्पनी कोटिभिटी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

डीआरआईले १० अर्ब ३६ करोड ४५ लाख रुपैयाँ बिगो माग दाबी गर्दै उच्च अदालत पाटमा मुद्दा दायर गरेको हो । कम्पनीले राजस्व छलि गरेको भन्दै मुद्धा दायर गरेको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए । कम्पनीले पटक–पटक शेयर स्वामित्व परिवर्तन गर्दै आएको र सोको जानकारी तथा तिर्नुपर्ने राजस्व नतिरेको विभागको भनाइ रहेकोछ ।

राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ३ ले निषेध गरेको कार्य गरी सोही ऐनको दफा ४ को देहाय (क), (ग), (च) र (झ) बमोजिमको कसुर गरेको पुष्टि भएको भन्दै विभागले मुद्धा चलाएको हो ।

आर्थिक वर्ष २०७२।०७३ मा कम्पनीको १७ लाख ५ हजार २ सय २ कित्ता शेयर भेरिक्स हेल्थ इन्क, सयुक्त राज्य अमेरिकाको नाममा बिक्री गरेको थियो । शेयर बिक्री गर्दा कर कार्यालयलाई जानकारी नदिएको विभागको दाबी रहेको छ ।

विभागले ५ अर्ब १८ करोड २ लाख कर छलि गरेको र सोको बिगो जरिवाना सहित १० अर्ब ३६ करोड ४५ लाख रुपैयाँ बिगो माग दाबी गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*