वैदेशिक रोजगार विभागका लेखापाल निरौलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१९ चैत्र २०८०, सोमबार १६:१९

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौंमा कार्यरत लेखापाल प्रमोद निरौलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सेवाग्राहीसँग धरौटी रकम फिर्ता गर्ने भन्दै १५ हजार घुससहित पक्राउ परेका निरौलाविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । आरोपपत्रमा निरौलालाई कैद गरी बिगो भराउन आयोगले माग गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*