सरकारले राख्यो दुई ठेकेदार कम्पनीलाई कालोसूचीमा

२० चैत्र २०८०, मंगलवार १४:२६

काठमाडौँ । सरकारले दुई ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले थप दुई निर्माण व्यवसायी र सप्लायरलाई कालोसूचीमा राखेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार गरेको निर्णयपछि सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ (१) बमोजिम कालो सूचीमा राखेको छ । कार्यालयले नरेशप्रसाद ओझाको श्री जुगल बिल्डर्स कम्पनी र कान्तिदेवी मिश्रको श्री जेएमबिडी इन्टरनेशनलका लाई कालोसूचीमा राखेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*