दोस्रो त्रैमासमा ४ प्रतिशतले आर्थिक वृद्धिदर

२१ चैत्र २०८०, बुधबार १०:४३

काठमाडौँ । आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात कात्तिक, मंसिर र पुसमा आर्थिक वृद्धिदरमा सुधार देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार दोस्रो त्रैमासमा ४ प्रतिशतले आर्थिक वृद्धिदर भएको अनुमान गरेको हो ।

गएको आर्थिक वर्षको दोस्रो त्रैमासमा आर्थिक वृद्धिदर १.१ प्रतिशतले ऋणात्मक थियो भने चालु वर्षको पहिलो त्रैमास अर्थात साउन, भदौ र असोजमा ३.२ प्रतिशतको वृद्धिदर थियो । अर्थतन्त्रमा सबभन्दा ठूलो हिस्सा रहेको व्यापार क्षेत्रको वृद्धिदर कम र उत्पादनमूलक उद्योग क्षेत्रको वृद्धिदर ऋणात्मक भए पनि समग्र वृद्धिदर ४ प्रतिशतको पुग्ने देखिएको तथ्याङ्क कार्यालयको प्रारम्भिक प्रक्षेपण छ ।

व्यापार र उत्पादनमूलक उद्योग क्षेत्रबाहेक अरुमा सुधार देखिएकाले समग्र वृद्धिदर ४ प्रतिशत हुने आँकलन गरिएको तथ्याङ्क कार्यालयले जनाएको छ ।

1712063270_17

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*