सुनको मूल्य हालसम्मकै उच्च, एक तोला किन्न एक लाख ३३ हजार चाहिने

२१ चैत्र २०८०, बुधबार १०:५०

काठमाडौँ । पछिल्लो दिन यता सुनको मूल्यले नयाँ रेकर्ड बनाइ रहेको छ । पुनः बुधबार सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।

आज एकैदिन सुन तोलामा एक हजार ८०० रुपैयाँले बढेको हो । बुधबार छापावाला सुनको मूल्य एक लाख ३३ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३२ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि तोलामा ६५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ६१० रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*