तत्काल बीमा अनुदान उपलब्ध गराउन डेरि एशोसिएसनको आग्रह

२१ चैत्र २०८०, बुधबार १९:१२

काठमाडौं । नेपाल डेरि एशोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले बीमा कम्पनीहरुलाई पशु बीमा वापत अनुदान रकम उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ ।

साथै एशोसिएसनका अध्यक्ष दाहालले कृषि, तथा पशुपन्छि विकास मन्त्रालय, अर्थ मन्त्रालय, कृषि बिभाग, बीमा प्राधिकरण, केन्द्रीय दुग्ध सहकारी संघ, नेपाल बीमक संघ, पशु सेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोर्ड, केन्द्रीय पशुपन्छि तथा मत्स्य सहकारी संघलाई बोधार्थ सहित सम्भावित आउने जोखिमलाई ध्यानमा राखेर बीमा अनुदान तत्काल भुक्तानी उपलब्ध गराउने पहल सहित आग्रह गरिएको छ ।

कृषिमा पशुपालन क्षेत्रको मुख्य भूमिका रहेको बताउँदै राज्यको तर्फबाट खासै साथ र सहयोग नभएको बताउँदै भनि जोखिम मोल्न बीमा गर्ने गरेकोमा राज्यले त्यो महसुस गरी पशु बीमा अनुदान दिने गरेको थियो । नेपालमा ७२ सालमा महाभूकम्प, त्यसपछि ७६/७७ मा कोभिड–१९, लम्कि स्किन रोग जस्ता विभिन्न समस्याहरु आएका थिए । यस्तै वा यी भन्दा पनि बढी जोखिम भविष्यमा हुनसक्ने तर्फ इङ्गीत गर्दै गर्मीको समय लागेकाले विभिन्न किसिमका रोग, हावाहुरी, पानी, बाढी पहिरो आउने सम्भावित जोखिमलाई वेवास्ता नगर्न समयमै सचेत गराएको जनाएको छ ।

पछिल्लो समय बीमा कम्पनीहरूले राज्यबाट पाउनु पर्ने बीमा अनुदान रकम समयमै नपाएको र त्यसबाट पनि समस्या थपिदै गएको भनि बीमा कम्पनीहरुले पूर्ण रकम अग्रिम नपाएसम्म बिमा नगरिने कुराले किसानहरु अत्यन्तै मारमा पर्ने देखिन्छ विज्ञाप्तिमा जनाएको छ । यदि राज्यद्वारा बिमा कम्पनीलाई कुनै बक्यौता भुक्तानी गर्न बाँकी भए तुरुन्तै भुक्तानी गर्नु समेत आग्रह गरेको छ ।

दाहालले दुग्ध किसानहरू अत्यन्तै मारमा परेको, बेचेको दुधको भुक्तानी समयमा नपाएको, निरन्तर पशुलाई आहारा, कामदारको तलब, औषधि उपचार आदि खर्च गरिरहनु परेकोले आउन सक्ने ठूलो महामारी वा अन्य कुनै कारणले पशुको क्षति भएमा बिमा नहुँदा पशुपालक किसानलाई ठूलो मार पर्ने जनाएको छ ।

र पेशामा टिकाई राख्न राज्यको पनि दायित्व भएकाले किसानले पाउनुपर्ने विमा सुविधा तत्काल उपलब्ध गराई बीमा कम्पनीहरूलाई पशुविमा र कृषि बिमा गर्ने बातावरण मिलाउन आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*