सुनको मूल्यले पुनः बनायो नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?

२२ चैत्र २०८०, बिहीबार १०:४५

काठमाडौँ । निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ । बुधबार नयाँ रेकर्ड बनाएको सुनको मूल्यले पुनः बिहिबार पनि हालसम्मकै उच्च भएको हो ।

आज मात्र सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको हो । बिहिबार छापावाला सुनको मूल्य एक लाख ३४ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३३ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी तोलामा ४० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*