कोटिभिटीविरुद्ध झन्डै साढे १० अर्बको बिगो र जरिवानाको बिषयमा प्रधानमन्त्री र अर्थमन्त्रीको चासो

२२ चैत्र २०८०, बिहीबार १३:२४

काठमाडौं । मूल्य अभिवृद्धि कर (भ्याट) ऐनको अपव्याख्या गर्दै राजस्व अनुसन्धान विभागले शतप्रतिशत विदेशी लगानीको सूचना प्रविधि (आईटी०)कम्पनी कोटिभिटी नेपाल प्रालिविरुद्ध झन्डै साढे १० अर्बको बिगो र जरिवाना दाबी गर्दै दायर गरेको मुद्दाका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चासो देखाएका छन् ।

अर्थमन्त्री वर्षमान पुन बोलाएर प्रधानमन्त्री दहालले उक्त विषयमा छलफल गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाकारी दियो ।

‘कुनै पनि प्रकारको निर्यातमा भ्याट लाग्दै नलाग्ने र त्यसमा कुनै किन्तु–परन्तु नहुने विषयमा मिडियाहरूमा समाचार प्रकाशित भएपछि प्रधानमन्त्रीले यस विषयमा चासो राख्दै अर्थमन्त्री पुनसँग गम्भीर छलफल गर्नुभएको छ,’ स्रोतले जनाएको छ ।

अर्थमन्त्री पुनले पनि यो मुद्दामा कमजोरी भएको देखिएको भन्ने कुरा राजस्व प्रशासनले आफूलाई ‘ब्रिफिङ’ गरेको विषय प्रधानमन्त्रीलाई बताएको स्रोतको भनाइ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*